स्याङ्जामा सवारी दुर्घटना, घाइतेलाई पोखरा ल्याइयो

पोखरा । स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा आँधिखोला गाउँपालिका वडा नं. २ चिलाउनेबासका ४५ वर्षीय युवराज पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक श्यामलाल श्रेष्ठका अनुसार घाइते पौडेललाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आज बिहान करिब ११ः३० बजे आँधिखोला गाउँपालिका वडा नं ४ सेपतमा सो दुर्घटना भएको हो ।

कार्कीनेटा-नागडाँडा भित्री सडकखण्डमा चिलाउनेबासबाट नागडाँडातर्फ आउँदै गरेको ग१२प २२३२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको ग१४प ९५६५ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुवै मोटरसाइकल र अर्का चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button