लीला पछाइलाई पनि सात दिन म्याद थप

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ८
लीला पछाइलाई पनि सात दिन म्याद थप

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीले पछाइलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पछाई गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्दै आएकी थिइन् ।

उनी असोज १४ गते पोखराबाटै पक्राउ परेकी थिइन् । उनीमाथि सूर्यदर्शन सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्रबाबु राईसँग मिलेर तीन करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन् ।

सहकारी ठगी प्ररकणमा जोडिएका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै सात दिन म्याद थप भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस