पोखरा । सातौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६-० को जित हासिल गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालका लागि रेखा पौडेलले २ तथा सविता रानामगर, सावित्रा भण्डारी साम्बा, अमिषा कार्की र रश्मि घिसिङले १-१ गोल गरे । सविता प्लेयर अफ द म्याच भएकी छन् ।
यो खेलपछि नेपाल र भुटानको समान ७-७ अंक भए पनि गोल अन्तरमा नेपाल अगाडि भएसँगै नेपाल समूह विजेता तथा भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालको गोल अन्तर १७ रह्यो भने भुटानको १६ रह्यो । सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ भने भुटानले बंगलादेशसँग खेल्नेछ ।
नेपालले यसअघि माल्दिभ्सलाई ११-० ले हराएको थियो भने भुटानसँग पहिलो पटक गोलरहित बराबरीमा रोकिएको थियो ।
नेपाल अहिलेसम्मका सबै संस्करणमा सेमिफाइनलमा पुगेको छ । नेपाल पाँच पटक फाइनलमा पुगेर उपविजेता भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution