बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।
रवि अहिले कास्की जिल्ला अदालतको अनुमतिपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
गत कार्तिक २ गते पक्राउ परेका उनको बिहीबार थप सात दिन म्याद थपिएको छ । योसँगै उनी आगामी कार्तिक १९ गतेसम्म हिरासतमै रहने छन् । २० गतेमात्र उनलाई अदालतमा लगिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution