पोखरा । भाद्रशुल्कपक्षको अष्टमी तिथिमा वृन्दावन नजिकै बर्सानामा राधाजीको जन्म भएको थियो र यसै दिनलाई राधाअष्टमी वा राधा जयन्तीका नामले लोकमा प्रसिद्ध छ ।
राधाजीको जन्म भगवान् श्रीकृष्णको साथ जगमा प्रेम भावलाई सार्थक गराउन भएको हो भन्ने मान्यता छ । जो व्यक्क्ति प्रेममा लिनहुन्छ त्यो राधाकृष्णको ज्वलन्त उदाहरणका रुपमा लिने गरिन्छ ।
यदि अष्टमी तिथि शुक्रबारका दिन पर्न गएमा उक्त अष्टमीको पवित्रतालाई राधाको जन्मसँग जोडेर राधाअष्टमी मनाउने चलन छ । श्रीकृष्णको नाम लिँदा राधाजीको नाम पनि सँगै जोडिएर आउँछ । किनकि सबै भक्त राधाकृष्ण भनेर भन्ने गर्दछन् । यो नाम दुई भएता पनि एकअर्काका लागि नै बनेको र यसलाई कसैले पनि अलग्याउन सक्दैन ।
राधाअष्टमीका दिनमा व्रत गर्नाले मनुष्य जीवनमा धनको कहिले कमी नहुने, घर परिवारमा प्रेमभाव बढ्ने र अन्त्यमा गोलोकमा पनि सुखद् जीवन पाइने शास्त्रमा उल्लेख छ ।
राधाअष्टमीका दिन बिहानै आफ्नो नित्यकर्म सकेर राधाजीको लागि सुन्दर मण्डप या आशन बनाएर राधाजीको मूर्तिलाई वस्त्र एवं आभूषणले सुसज्जित गर्नुपर्छ । शोडशोपचार्ले या जे सामग्री उपलब्ध हुन्छ त्यसै सामग्रीद्वारा श्रद्धा एवं भक्तिले पूजा गर्नु पर्दछ ।
यो पूजा मध्यान्ह कालमा नै गर्नुपर्दछ । यसरी गरिएको पूजा पश्चात् दिनभरि नै व्रत बस्ने या एक समय भोजन पनि गर्न सकिन्छ । व्रतको भोलिपल्ट विवाहितता ब्राह्मण तथा व्राह्माणीलाई भोजन गराएर दक्षिणा दिने विधान छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution