पिङ खेल्न गएका आठ र १४ वर्षका बालिका बलात्कृत, सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ९
पिङ खेल्न गएका आठ र १४ वर्षका बालिका बलात्कृत, सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

दाङ । आठ र १४ वर्षका दुई बालिकालाई बजरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं १ भालुवाङ पुल्चोकस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत भरत रोकामगर र रेवन पचभैया मगर छन् ।

लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतका अनुसार भरत र रेवनलाई सशस्त्र प्रहरीले नै नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको कठायतले जानकारी दिए ।

असोज २४ गते दशैँमा पिङ खेल्न गएका बेला ती दुई हवल्दारले दुई बालिकालाई बलात्कार गरेको बताइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूबिरुद्ध बिहीबार जिल्ला अदालतबाट अनुसन्धान लागि म्याद थप भएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस