|गृह मन्त्रालय : फाइल तस्बिर
पोखरा । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीको सरुवा गरेको छ । साथै तनहुँ र गोरखासहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।
विभिन्न जिल्ला र इलाका प्रशासन कार्यालयमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवासमेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रजिअ भोला दाहाललाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने गोरखामा धनकुटाका प्रजिअ पुण्यविक्रम पौडेललाई ल्याइएको छ ।
यस्तै तनहुँका प्रजिअ जनर्दन गौतमलाई गुल्मी सरुवा गरिएको छ भने उनको स्थानमा गृहमन्त्रालयमा रहेका श्यामकृष्ण थापालाई पठाइएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।
दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
को कहाँ पुगे ?
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution