एमालेलाई विभिन्न शक्तिले घेराबन्दीमा पार्न खोजे : नेता प्यासी

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा-१६ ले नेपालीको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम उट्घाटन गर्दै एमालेका पूर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले एमालेलाई विभिन्न शक्तिले घेराबन्दीमा पार्न खोजेको बताए । घेराबन्दीलाई तोडेर जनपक्षीय काम गर्नुपर्नेमा उनले जोड दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले सुखी नेपाली र समृद्घ नेपाल एमाले नेतृत्वले मात्र पूरा गर्न सक्ने उल्लेख गर्दै त्यसका लागि नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

एमाले केन्द्रीय सदस्य प्रभा कोइरालाले पार्टीले अंगीकार गरेका नीति र सर्कुलरलाई टोल कमिटीसम्म पुर्याउनुपर्ने बताइन् ।

वडा कमिटीका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले कास्की सचिव दर्शन लामा, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडाकमिटीका सचिव यमनकाजी गुरुङलगायतले आम कार्यकर्ता जनताको बीचमा थप क्रियाशील रहँदै विकास निर्माण र जनचासोका काममा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button