चक्रवात दानाको अवतरण पछि भारी वर्षा

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ९
चक्रवात दानाको अवतरण पछि भारी वर्षा

|फाइल तस्बिर

पोखरा । तीव्र चक्रवाती आँधी दानाको अवतरण पछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरूका अनुसार चक्रवात दानाले ओडिसाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बिचमा मध्यरातमा अवतरण गरेको थियो ।

करीव १००–११० किलोमिटर प्रति घण्टाको गतिमा आएको चक्रवातले ओडिसा र पश्चिम बङ्गालका धेरै क्षेत्रमा रूख ढलाउनुका साथै बिजुलीका तारमा क्षति पुर्याएको जनएइको छ ।

चक्रवातले केही अत्यावश्यक नागरिक सेवामा बाधा पुगेको छ भने बालीलाई क्षति पुर्याइ प्रभावित क्षेत्रको जनजीवनमा असर पारेको छ । यद्यपि अहिलेसम्म कुनै हताहत भएको खबर आएको छैन ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार दाना चक्रवातको अवतरण प्रक्रिया सम्पन्न भइसकेको छ । चक्रवात उत्तर ओडिसा हुँदै उत्तरपश्चिमतर्फ बढ्ने र आगामी पाँच घन्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।

चक्रवातको अवधिमा सावधानीको लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाइ तथा रेल सेवा शुक्रबार बिहानदेखि पुनः सुरु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रभावित राज्यका स्थानीय सरकारले करिब दश लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी विद्यालय बन्द गरेको सूचना जारी गरेका थिए ।

प्रभावित राज्यका जिल्लामा, अधिकारीहरूले स्थानीयको सहायताका लागि स्थानीय विपद् व्यवस्थापन कर्मचारी, प्रहरी, चिकित्सा टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोली तैनाथ गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस