पोखरा । पोखरा महानगरपालिका वडा नं १४ मा सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठान र मसिना फुटबल क्बलको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।
प्रतियोगिता शुरु भएको दिनमै तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल मसिना सि र शुभकामना टोलबिच प्रतिस्पर्धा भएको थियो । जसमा मसिनाले शुभकामनालाई ३-० ले हरायो ।
यस्तै, दोस्रो खेल परिवेश युवा क्लब र शुक्रराज बलभद्र स्कुलबिच भएकामा खेल बराबरीमा पुगेपछि पेनाल्टी सुटआउटमा परिवेश युवा क्बल विजयी भयो ।
तेस्रो खेल मसिना डि र लावा एफसीबिच भएकामा पेनाल्टी सुटआउटमा लावा एफसी विजयी भयो ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र द्धितीय हुनेले ७५ हजार पाँच सय ५५ रुपैयाँ रहेको नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अयोजकले जनाएको छ ।
यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यस्तै प्रतिष्ठानले दुई वटा सरप्राइज अवार्ड पनि राखेको छ । सरप्राइज अर्वाड प्राप्त गर्नेलाई प्रति व्यक्ति पाँच हजार रूपैयाँले सम्मान गरिने भएको छ ।
यसअघि प्रतियोगिता उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले खेलमार्फत विश्वलाई चिनाउने भएकाले स्थानीय स्तरबाट खेलको प्रमोट हुनु खुसीको कुरा भएको सुनाए ।
गण्डकी प्रदेशसभा सदस्य नन्दकला नेपालीले खेलमार्फत स्वस्थ रहन सकिने स्पष्ट पारिन् ।
प्रतिष्ठानका अध्यक्ष नेत्र तिमिल्सिनाले खेलक्षेत्रलाई प्रवद्र्धन गर्न नै प्रतियोगिता गरिएको सुनाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा-१४ मा अझै पनि खानेपानीको ठूलो समस्या रहेको सुनाए ।
पोखरा-१४ का वडाध्यक्ष बोधराज कार्कीले खेल क्षेत्रमा धेरै अगाडि बढेको सुनाए । पोखरामा भएको मेयर कपको ट्रफी पनि पोखरा-१४ ले जितेको उनले सुनाए ।
कार्यक्रममा संस्थापक उपाध्यक्ष जगनाथ तिमिल्सिना, जग्गादाता रोमबहादुर कार्की, पोखराका वडा सदस्य गोपाल सापकोटा, पोखरा ११ का वडाध्यक्ष प्रेम कर्माचार्यलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution