पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल छन् । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक र गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी हुन् ।
खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका खनाललाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी बोगटीले जानकारी दिए ।
सूर्यदर्शन सहकारी प्रकरणमै पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
लमिछाने र जोशी कास्की प्रहरी हिरासतमै छन् । बिहीबार लामिछानेलाई दोस्रो पटक सात दिन र जोशीलाई चौथो पटक सात दिन म्याद थप भएको हो । लामिछाने, जोशीसहित १९ जनाबिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution