पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा-३३ उपशाखा भरतपोखरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले रक्तदान जत्तिको पवित्र कार्य अन्य नभएको बताए ।
उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिसँगै डेँगी रोग नियन्त्रण सम्बन्धमा सचेत गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्मा पौडेलका अनुसार सम्भव भएसम्म सबै उपशाखा र विभिन्न संघसंस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ ।
कास्कीमा हरेक वर्ष ४० हजार युनिट रगत आवश्यक पर्ने सभापति शर्माको भनाइ छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीले पछिल्लो समय रक्तदानको महत्व बढ्दा नयाँ रक्तदातामा समेत उत्साह थपिएको बताए । उनले विपद्का समयमा मानवीय सेवामा जुट्न आह्वानसमेत गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution