नेपालमा चक्रवात दानाको प्रभाव : कोशी प्रदेशमा वर्षा, अन्यत्र के हाेला ?

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १०
नेपालमा चक्रवात दानाको प्रभाव : कोशी प्रदेशमा वर्षा, अन्यत्र के हाेला ?

पाेखरा। देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात दानाको आंशिक प्रभावसमेत रहेको छ ।

जसकाे प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टा कोशी प्रदेशलगायत  देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस