आज बिहानै जीप दुर्घटनाः चालकसहित दुईको मृत्यु, तीन जना गम्भीर

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १०
आज बिहानै जीप दुर्घटनाः चालकसहित दुईको मृत्यु, तीन जना गम्भीर

|फाइल तस्बिर

दाङ । दाङको तुलसीपुरमा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको दङ्गीशरण गाउँपालिका वडा नं ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं ६ का १९ वर्षीय सुरेश खड्का छन् । हिरामणि जीप चालक हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा१ज ८२२ नम्बरको जीप आज बिहान ३ बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर साततलेमा सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस