
पोखरा । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
कतारको दोहामा गएराति भएको खेलमा नेपाल घरेलु टोली कतारसँग ५-० गोलले पराजित भएको हो ।
समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा जापानसँग पनि पराजित भएको थियो ।
योसँगै नेपाल एसियन कपमा छनोट हुन असफल भएको छ ।
नेपालले आफ्नो अन्तिम खेल आइतबार राति मङ्गोलियासँग खेल्नेछ ।





