पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीको पूर्ण बैठक र जिल्ला स्तरीय कार्यकर्ता भेला पोखरामा हुने भएको छ ।
बैठक कार्तिक ११ गते ११ बजे पार्टी कार्यालय पृथ्वीचोकमा बस्ने अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
बैठकमा केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी हुनेछन् ।
सो बैठकमा प्रदेश पदाधिकारी, प्रदेश सदस्य, प्रदेशबाट प्रतिनिधित्व गर्ने पोलिटव्यूरो, केन्द्रीय सदस्यसहित करिब १५० जनाको उपस्थिति रहने अध्यक्ष बरालले बताए ।
यस्तै १२ गते जिल्ला स्तरीय कार्यकर्ता भेला एसआर केसी पार्टी प्यालेस माटेपानीमा राखिएको अध्यक्ष बरालले बताए । भेलालाई केन्द्रीय अध्यक्ष नेपालले संवोधन गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution