पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित कञ्चन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका छन् ।
संस्थाको १६औँ साधारणसभा एव छैठौँ अधिवेशनले बराललाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा गायत्री भुर्तेल, सचिवमा माधवप्रसाद बराल, कोषाध्यक्षमा केशवप्रसाद कोइराला निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा रामजी पौडेल, महेश्वर बराल, दिपक बराल, रामेश्वर कोइराला, अञ्जली खत्री, श्रीधरी दवाडी र एकराज बराल छन् ।
यस्तै, लेखा समिति संयोजकमा पदमप्रसाद बराल, सदस्यमा लालकुमार अधिकारी र शिव बराल, ऋण समितिमा गोविन्द खत्री र नारायणप्रसाद बराल छन् ।
यसैगरी कृषि उपसमिति संयोजकमा धनपति बराल, अनुगमन उपसमिति संयोजकमा राजेन्द्र खत्री, महिला उपसमिति संयोजकमा तारा आचार्य छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले कञ्चन सहकारी वडाको गौरव भएको बताए । उनले विषम परिस्थिति र संकटमा पनि सहकारी सही ढंगले सञ्चालन हुनु निकै प्रशंसनीय भएको बताए ।
कार्यक्रममा वडासदस्यहरु हरिमाया विश्वकर्मा, कल्पना क्षत्री, मणिराम बराल, गोविन्दप्रसाद पराजुली, सल्लाहकार पुरुषोत्तम पराजुली, पोखरा महानगर सहकारी विभागका सदस्य राजु सुवेदी, सम्मानित व्यक्तित्व एवं शेयर सदस्य लक्ष्मण बराललगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष वन्सन्तराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गायत्री भुर्तेलले स्वागत, सचिव कृष्णप्रसाद बरालले कार्यक्रम सञ्चालन र सहकारी सात सिद्धान्त वाचन अञ्जली खत्रीले गरेकी थिइन् ।
उक्त अवसरमा मणिराम बराल, लक्ष्मण बराल, कालिका थापा र शिलकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution