पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वास्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष किरण बरालले सहकारीले गरेको आर्थिक गतिविधि हेर्दा आफू सन्तुष्ट रहेको बताए । उनले वडाभित्र सञ्चालन भएका कुनै पनि सहकारीमा समस्या नभएको स्पष्ट पारे ।
सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले सहकारीले गरेका गतिविधिप्रति खुशी व्यक्त गरे ।
प्राइम कमर्सियल बैंकका गण्डकी प्रदेश प्रमुख बुद्धिराज बरालले सहकारीले खराब कर्जा घटाउने तथा लगानीका नयाँ अवसर सिर्जना गर्नुपर्ने बताए ।
सहकारी सञ्चालन गर्दा सुशाासन र पारदर्शिता अनिवार्य हुनुपर्ने भन्दै बरालले जोखिम मोलेर लगानी गर्नु भन्दा तरलता बढेको राम्रो हुने बताए ।
कार्यक्रममा शेयर सदस्य सुमित्रा बराल तथा युवराज बरालले पनि बोलेका थिए ।
उक्त अवसरमा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा बचत नीति, नगद परिचालन नीति, ऋण नीति, कर्मचारी नियमावली तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यविधि बनाई यसै आर्थिक वर्षदेखि लागू गरिनेलगायतका प्रस्ताव पारित भएको छ ।
सभामा सचिव सूर्यप्रसाद बरालद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष वसन्तराज बरालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक कृष्णराज बरालद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदनसमेत पारित भएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानअन्तर्गत कृष्णप्रसाद बराल, कक्षा १२ मा उत्कृष्ट अंक हासिल गरेका शेयर सदस्यका छोराछोरी रवीन्द्र देवकोटा, अपार कुईकेल, असल बचतकर्ता राजु परियार, असल कारोवारी नवराज बराल, असल कृषि व्यवसायी शंकरबहादुर बराल, असल उद्योगी व्यवसायी राम/लक्ष्मण बराल तथा उत्कृष्ट कर्मचारी अनिता अधिकारी पहारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सहकारीका शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका सिद्धान्त वाचन, उपाध्यक्ष लक्ष्मी देवकोटाले स्वागत तथा सचिव सूर्यप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution