डेनिलाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १०
डेनिलाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

पोखरा । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

शनिबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् । योसँगै कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे ।

त्यस्तै मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी छन् ।

सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए ।

रबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस नेपाल इन्टरनेसनलको उपाधि जित्ने राउत र घिमिरेले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस