पोखराको नागढुंगामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पोखरा । पोखरामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृतक पुरुष चालकको नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गामा लु८०प २९७० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको परिचय र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button