पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित मासबार आमा समूहको अध्यक्षमा पुनः शारदा गिरी निर्वाचित भएकी छन् ।
सहकारीको शनिबार सम्पन्न २८औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशले गिरीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्ष पिङ्गला भट्ट, सचिवमा लक्ष्मीदेवी बराल, कोषाध्यक्ष लक्ष्मी पण्डित घिमिरे र सहसचिवमा सावित्री पहारी बराल छन् र
यस्तै कार्यसमिति सदस्यमा प्रमिला बराल, सरस्वती केसी, मीना बराल, खीममाया अधिकारी, तुलसी शर्मा, शान्ति बराल, लक्ष्मी बराल, लक्ष्मी बराल (घरेलु), जमुना पराजुली, दुर्गा पराजुली बराल, भवानी बराल, ईन्दिरा बराल, मैया घिमिरे बराल रहेको निर्वाचन संयोजक लोचना अधिकारीले जानकारी दिइन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष राममोहन आचार्यले मासबार आमा समूह वडाकै सबैभन्दा पुरानो र सबै भन्दा सक्रिय संस्थाको रहेको बताए ।
वडाले अबका दिनमा सक्रियताका आधारमा सामाजिक संस्थालाई सम्मानसहित प्राथमिकता दिने बताए ।
वडा सदस्य सुनिता सुनारले आमा समूहले गर्दै आएको सामाजिक काम र सक्रियताको प्रशंसा गरिन् ।
संस्थाका सल्लाहकार तेजनारायण अधिकारीले आमा समूह सबै चुनौतीलाई चिरेर अघि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेस पोखरा-७ का सभापति नवीनराज बरालले महिला आरक्षणमा मात्र नभई क्षमता र योग्यताका आधारमा पनि अघि बढ्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले पोखरा-७ का अध्यक्ष किशोर बरालले वडाकै जेठो आमा समूहको रुपमा परिचित संस्थाले आफ्नो सामाजिक कार्य वडामा मात्र नभइ अन्य क्षेत्र र ठाउँमा समेत पुर्याउन सकेकोमा आफूलाई गौरव लाग्ने बताए ।
महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बरालले निःस्वार्थ भावले सामाजिक संस्थालाई अघि बढाउन आवश्यक रहेको बताइन् ।
समाज सेवा युवा क्लबका अध्यक्ष मधु अधिकारी आमा समूह नयाँ पुस्तालाई सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा दिने संस्था भएको बताए । उनले सामाजिक संस्था बीच सहकार्य र एकताको खाँचो रहेको बताए ।
उक्त अवसरमा संस्थाकी निर्वतमान अध्यक्ष टिकादेवी अधिकारीसहित विभिन्न प्रतियोगितामा सहभागी संस्थालाई उपाधि जिताउन सफल सदस्यलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णकुमारी बरालले स्वागत र कार्यक्रम सञ्चालन सहसचिव सावित्री पहारी बरालले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution