अरण्यज्योतीलाई हराउँदै पोखरा फाइनलमा

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ११
अरण्यज्योतीलाई हराउँदै पोखरा फाइनलमा

पोखरा । अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखरा जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो सेमिफाइनलमा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २६दशमलव५ ओभरमा १५० रन बनाउँदै अलआउट भएको थियो ।

१५१ रनको विजयी लक्ष्य पाएर व्याटिङमा उत्रिएको अरण्यज्योती ३०दशमलव२ ओभरमा ८० रनमै अलआउट भयो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

ओपनर कल्याण कुमाल ४, अंकित गजुरेल १, प्रविन पौडेल ५, प्रिजन श्रेष्ठ ५, प्रशान्त अधिकारी ४, सोमबहादुर थापा २ रनमा आउट भए भने सन्देश निउरे ८ रनमा नटआउट रहे । मुकेश गुप्ता र अब्दुल खलिक मिया शून्यमा आउट भए ।

पोखराका लागि सुवास भण्डारी र देव शाहले ३/३ विकेट लिए । साथै विजय राउत, अमन सुवेदी र सागर भुजेलले १/१ विकेट लिए ।

त्यसअघि पोखराका ओपनर मुस्कान थापाले ११ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ४४ रन बनाए । अर्जुन बुढाथोकीले ३९ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए ।

यस्तै मनिश भण्डारी ५, अनिश खड्का १३, सुवाष भण्डारी १४, देव शाह ६, अमन सुवेदी ९, विजय राउत १०, सागर भुजेल ४ र रोशन पौडेल शून्यमा आउट भए । समुन्द्र भुजेल १ रनमा नटआउट रहे ।

अरण्यज्योतीका लागि प्रविन पौडेल र अब्दुल खलिक मियाले ३/३ विकेट लिए । प्रदिप पौडेलले २ तथा सोमबहादुर थापा र कल्याण कुमालले १/१ विकेट लिए । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस