पोखराका सञ्जय र डा. शास्वत लागूऔषधसहित पक्राउ

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १२
पोखराका सञ्जय र डा. शास्वत लागूऔषधसहित पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ३ लेडा घर भइ हाल पोखरा महानगरपालिका वडा नं १० हस्पिटलचोकका २४ वर्षीय सञ्जय चौधरी र पोखरा-४ गैह्रापाटनका २७ वर्षीय डा. शास्वत कोइराला छन् ।

यही कात्तिक ९ गते पोखरा-१२ उपकारमार्गबाट चौधरी र परिवार नियोजन संघको कार्यालय अगाडिबाट कोइराला पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चौधरीको मोटरसाइकल र कोइरालाको कार चेकजाँच गर्नेक्रममा लागूऔषध फेला परेको हो ।

चौधरीको साथबाट ओपोट्याब ५० टपेन्टाडोल नामक लागूऔषध एक हजार तीन सय चक्की र कोइरालाको साथबाट चार सय र घरमा समेत खानतलासी गर्दा १ सय ६० गरी ५ सय ६० चक्की बरामद भएको हो ।

पक्राउ परेका दुवै जनाबिरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस