|प्रतिनिधिमूलक तस्बिर
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपुरमा दुर्घटना भएको हो ।
सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेमा जीपका चालक तलकोट गाउँपालिका-१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका-११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution