एमाले पोखरा–७ मा शुभकामना आदानप्रदान

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १३
एमाले पोखरा–७ मा शुभकामना आदानप्रदान

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा-७ ले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताए ।
चाडपर्व कुनै धर्म जाति विशेष नभई सबै नेपालीको साझा पर्व भएको उनले बताए ।

सांसद कार्कीले जनताको विकास र सुशासनको चाहना पूरा गर्न देशको दुई ठूला दल एक ठाउँमा उभिएको बताए ।

काँग्रेस एमाले सरकार २०८४ सालको चुनावसम्म रहने भन्दै उनले पछिल्लो समय पुराना पार्टीलाई भिडमार्फत विस्तापित गर्न सकिन्छ कि भनेर दुस्प्रयास भएको जिकिर गरे ।

एमाले प्रदेश कमिटी सदस्य नवराज शर्माले नेतृत्व गर्नेले अब आवरण होइन आचारण र भाषण होइन शासन सुधार्न जरुरी रहेको बताए ।

एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले पछिल्लो समय केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै सहिदको त्याग र आन्दोलनबाट प्राप्त उपलब्धिले थुपै्र विकास निमार्णका काम भएको स्पष्ट पारे ।

सुशासनको पाटोलाई भने लोकतन्त्रले छुन नसकेकोले यसलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यले पोखरेलीको अरबौँ पैसा डुबेको अवस्थामा कानूनलाई भिडबाट नियन्त्रणमा लिने गलत काम भएको बताए ।

लामो इतिहास बोकेका दलहरु चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्दै देशको हितमा सधैँ एकजुट भएको स्मरण गराउँदै उनले पछिल्लो समय नयाँ भनिएका दलले दुश्मनको रुपमा लिँदै आफू मात्र ठीक अरु सबै बेठिकका भन्ने गलत धारणा राख्ने गरेको दुःखेसो पोखे ।

नेपाली कांग्रेस पोखरा-७ का सभापति नवीनराज बरालले आर्थिक घोटालाले देशलाई उँधो गतितर्फ धकेलेको भन्द देशको ढुकुटीलाई मजबुत बनाउन स्थानीय तहबाटै सुधार गर्नुपर्नेमा जोड दिए ।

पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले पोखरालाई समृद्घ बनाउन सबै सामाजिक संस्था तथा राजनीतिक पार्टीको ठूलो भूमिका हुने बताए।

समाजसेवी डण्डराज शर्माले चडपर्वले आपसी एकतालाई मजबुत बनाउने बताए ।

एमाले पोखरा-७ का अध्यक्ष किशोर बरालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव दिपक कार्कीले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस