पोखरामा विपद्का घट्नाबाट प्रभावित ७५ परिवारलाई राहत

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १३
पोखरामा विपद्का घट्नाबाट प्रभावित ७५ परिवारलाई राहत

पोखरा । पोखरा महानगरपालिकाले मनसुन तथा आगलागीजन्य विपद्का घट्नाबाट प्रभावित ७५ परिवारलाई राहत उपलब्ध गराएको छ ।

विपद् प्रभावित ७५ परिवारलाई क्षतिको मूल्याङ्कन गरी प्रहरीको मुचुल्का तथा वडा कार्यालयको सिफारिसका आधारमा नगद रु. पाँच लाख ९८ हजार प्रदान गरिएको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

यस्तै विपद्का कारण क्षति पुगेका विभिन्न योजनाको पुनर्निर्माण तथा विपद्कै कारण नयाँ निर्माण गर्नुपर्नेसमेतको मूल्याङ्कन गरी प्राथमिकता निर्धारण गरी आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

प्रहरी मुचुल्का, वडाको सिफारिस तथा प्राविधिक निरीक्षणको प्रतिवेदनका आधारमा प्राथमिकता निर्धारण गरी छनौट गरिएको ५६ योजनाका लागि एक करोड ५१ लाख ९५ हजार व्यवस्था गरिएको हो ।

महानगरपालिकाले कुनै पनि प्रकारको विपद्का विषयमा चासो राख्न र आवश्यक सचेतना तथा सावधानी सहित चनाखो बन्न नगरवासीहरूलाई अनुरोध समेत गरेको छ ।

साे अवसरमा नगर प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको पूर्व तयारीलाई चुस्त बनाउँदै जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध रहेको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस