पोखरा । भरतपोखरी विकास मञ्चको आयोजनामा नेपालीको महान चाड दिपावलीको अवसर पारी यही कात्तिक १५ गते खुला देउसीभैलो तथा एकल नृत्य प्रतियोगिता गरिने भएको छ ।
दीपावलीका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
मञ्चले यस पटक सातौँ संस्करणको प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए ।
प्रतियोगितामा देउसीभैलोतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । देउसीभैलो प्रतियोगितामा सहभागिताका लागि एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
यस्तै एकल नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष बरालले जानकारी दिए ।
कार्यक्रमकै अवसरमा कला साहित्य लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई पनि सम्मान गरिने उनले जानकारी दिए । प्रतियोगितामा इच्छुक समूह एवं व्यक्तिले कात्तिक १४ गतेसम्म नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रम सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अध्यक्ष बरालले विभिन्न सरकारी निकाय, सामाजिक संघसंस्था एवं सहयोगदाताबाट उक्त स्रोत व्यवस्थापन गरिने जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution