
पोखरा । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । टस हालेर स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ ।
लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ-११ कप्तान पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।





