अरिङ्गालको टोकाइबाट ७ बर्षीय बालकको मृत्यु, ५ बर्षीय बालक घाइते

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १३
अरिङ्गालको टोकाइबाट ७ बर्षीय बालकको मृत्यु, ५ बर्षीय बालक घाइते

बझाङ । बझाङमा आइतबार अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा साइपाल गाउँपालिका वडा नं २ का ७ वर्षीय अशन धामी रहेका छन् ।

यस्तै घाइते भएका ५ वर्षीय शितल धामी स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालयका बझाङका अनुसार धामीलाई आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते अवस्थाका धामीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । धामीको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

५ घण्टा अघि

गाई पूजा आजै

५ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस