पोखरा । लक्ष्मी सनराइज बैंक र मणिपाल शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न उपचारमा छुट प्रदान गर्ने बारे सम्झौता भएको छ ।
सम्झौता अनुरुप बैंकका ग्राहक तथा कर्मचारीले मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदा छुट पाउने छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट पोखरा शाखा आधिकृत सुनिता राणा र नेपाल मणिपाल शिक्षण अस्पातालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन ।
सम्झौतामा उल्लेख भएअनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड एवं मोबाइल बैंकिङ प्रयोग गरी अस्पतालको दर्ता शुल्कमा शतप्रतिशत, सामान्य शैय्यामा २५ प्रतिशत, न्युरोसर्जरी तथा विशिष्ट सेवाबाहेक अन्य शल्यचिकित्सामा १० प्रतिशत, र विशेष अनुसन्धानमा १० प्रतिशत छुट पाइने छ ।
यस्तै नियमित जाँचअन्तर्गत सिबिसि, इएसआर, युरिन, एफबिएस, एलएफति, इसिजी, एफएलपी, एक्सरे, युरिक एसिड, थाइराइड, ब्लड ग्रुप, यएसजी एब्डोमेन र पेल्भिसमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।
बैंकले अस्पताल हाताभित्र वृक्षरोपणसमेत गरेको छ । कार्यक्रममा बैंकका क्षेत्रीय परिचालन अधिकारी राजु भण्डारीका साथै बैंकका अन्य कर्मचारी र अस्पतालका अध्यक्ष आनन्दराज बताससहितका कर्मचारी सहभागी थिए । सो अवसरमा एक सय भन्दा बढी फलफूल एवं जडिबुटीका बिरुवा रोपिएको थियो ।
रोपिएका बिरुवामध्ये अधिकांश हनुमानफल भएको बताइन्छ । हनुमानफल क्यान्सर रोगीका लागि निकै लाभदायक मानिन्छ । वातावरणमैत्री परिप्रेक्ष्यबाट सिर्जना गरिएको ग्रीन सेभिङ्स् खाता प्रत्येक ग्रीन सेभिङ्स खाता खोल्दा एउटा रुख रोपिने प्रतिबद्वता साथ ग्रीन सेभिङ्स् खाता मा उच्च प्रतिफल दिनेसमेत बैंकले जानकारी गराएको छ ।
मणिपाल शिक्षण अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सद्वारा अत्याधुनिक प्रविधियुक्त उपकरणबाट सेवा प्रवाह हुँदै आएको छ । बैंकले ग्राहकलाई प्रभावकारी बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।
बैंकले देशका ५९ जिल्लामा २ सय ५४ शाखा विस्तार गरेको छ । साथै ३ सय २१ एटीएम, २७ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित एजेन्टमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution