हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १४
हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार

|फाइल तस्बिर

पोखरा । वरिष्ठ गायिका हरिदेवी कोइरालालाई सङ्घर्षशील सामाजिक पुरस्कार अर्पण गरिने भएको छ । अम्बिका–भागवत फाउण्डेशन नेपालले हरेक दुई वर्षमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष कोइरालालाई अर्पण गरिन लागेको हो ।

साहित्यकार एवं गायिका अम्बिका भण्डारी संयोजकत्व, गोमा सोती र षडानन्द पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलबार सम्पन्न बैठकल स्वीकृत गरेको हो ।

पोखरा बैदाममा जन्मिएकी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका ३० को दशकदेखि अविचलित निष्ठाका साथ एकक्षत्र राज गर्दै आइरहेकी विलक्षण प्रतिभा हुन् ।

उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै ६ सयको सख्यामा गीत रेकर्ड भएका छन् । दर्जनौं संघसंस्थामा संलग्न कोइराला यसअघि जनस्तरका १ सय ६० सम्मान पुरस्कारबाट विभूषित भइसकेकी छन् ।

सेवा नै धर्म भन्ने मूल मर्मका साथ व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गराउँदै समाजमा व्याप्त असमानता, कुरीति र कुसंस्कार न्यूनीकरणमा पहरेदारी गर्दै आएको फाउण्डेशनले सङ्घर्षबाट माथि पुगेका प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्दै आएको अध्यक्ष भागवत नेपालले जानकारी दिए ।

उक्त पुरस्कार यही कार्तिक २४ गतेका दिन संस्थाको अधिवेशन तथा साधारणसभा समारोहका बीच अर्पण गरिने फाउण्डेशनका अम्बिका नेपालले बताइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

१ घण्टा अघि

गाई पूजा आजै

१ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस