मोटरसाइकलको ठक्करबाट २६ वर्षीय युवकको घटनास्थलमै मृत्यु

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १४
मोटरसाइकलको ठक्करबाट २६ वर्षीय युवकको घटनास्थलमै मृत्यु

पोखरा । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नं ११ का २६ वर्षीय सुमन कठरीया रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका-७ करैचामा से७प ९११२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतकको शव पोष्टमर्टमका लागि टीकापुर अस्पताल लगिएको तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस