|Satheesh Sankaran
पोखरा । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्दि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ ।
बुधबारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ९० निर्धारण भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution