पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनले बिहीबार पेट्रोलमा २५ पैसा र डिजेलमा १ रुपैयाँ ४ पैसा घटेर तथा मट्टितेलमा २ रुपैयाँ २४ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ २३ पैसा र एलपीजी ग्याँसमा प्रति सिलिन्डर ५५ रुपैयाँ ७० पैसा बढेर आएको जनाएको छ ।
सो अनुसार समायोजन गर्दा बिहीबार राति १२ बजेर १ मिनेटदेखि डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको जनाएको छ ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखेर हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएको भए पनि हाललाई यथावत् गरिएको पनि निगमले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution