आज सुनको भाउ दुई हजार रुपैयाँ बढ्यो

पोखरा । आज सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला चार हजार रुपैयाँ घटेको सुन आज फेरि दुई हजार रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज सुनको भाउ प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबार एक लाख ६४ हजार पाँच सय रुपैयाँ थियो ।

यता चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन एक हजार नौ सय ८० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button