सत्रकिलो दुर्घटना : पोखराका राजकुमारसहित पाँच जनाको मृत्यु, एक गम्भीर [अपडेट]

  • पोखरा न्यूज
  • २०८१ कार्तिक २३
सत्रकिलो दुर्घटना : पोखराका राजकुमारसहित पाँच जनाको मृत्यु, एक गम्भीर [अपडेट]

पोखरा । मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ आउँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने ४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन् ।

यसैगरी माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ ।

मृतकका आफन्तले अस्पताल पुगेर शव सनाखत गरेका थिए । माइक्रोमा सवार एक जनाको अवस्था गम्भीर रहेको डिएसपी रिजालले जानकारी दिए।

बस चालक सामान्य घाइते छन् । उनी प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस