सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार

  • पोखरा न्यूज
  • २०८१ मंसिर २
सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार

पोखरा । वरिष्ठ साहित्यकार सरुभक्तलाई तनहुँमा स्थापित यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको हो ।

पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । नेपाली साहित्यको उन्नयनमा उनले गरेको योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

यसैगरी ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ ।

उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छ भने रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ ।

यी सबै पुरस्कार आगामी चैतमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस