आज सुनको भाउ एक हजार रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको भाउ एक हजार रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन अर्थात आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सोमबार चाँदीको मूल्य पनि बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय पाँच रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button