काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीन जनाको उद्धार

  • पोखरा न्यूज
  • २०८१ मंसिर ४
काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीन जनाको उद्धार

पोखरा । नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २५० नम्बरको ट्रक आज बिहानै त्रिशूली नदीमा ट्रक खसेको छ ।

आज बिहान ५ः५५ बजे पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनास्थलबाट तीन जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।

ट्रक चालक नवलपरासीका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीको बीचमा ट्रकको थोरै भागमात्र देखिएको छ । ट्रक अनियन्त्रित भई नदीमा खसेको चालकको भनाइ उद्धृत गर्दैै प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस