|तस्बिर : गोरखापत्र अनलाइनबाट
म्याग्दी । पर्वतको मालढुंगा-बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गतको सो सडक सडक कालोपत्रको काम अघि बढाउन सडक बन्द गर्न लागिएको हो ।
सडक बिहान १० देखि दिउँसो ४ बजेसम्म बन्द हुने आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिए ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको अध्यक्षतामा आइतबार जलजला गाउँपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजनाका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि सहितको बैठकले सडक निर्माणको कामलाई सहज बनाउन मंसिर ११ गतेसम्म दैनिक रुपमा ६ घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय गरेको हो ।
सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजनाले प्रशासनको अनुमतिमा सडक बन्द गर्ने सूचना जारी गरेको छ ।
तेह्र किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । मालढुङ्गादेखि बेस हाल्ने काम सुरु भएको छ ।
मालढुङ्गा नजिकको सडकमा ठूलो ढुङ्गा खसेका कारण ढुङ्गा फुटाउन पनि सडक बन्द गर्नुपर्ने भएको सूचना अधिकारी चापागाईले बताए ।
एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।
मालढुङ्गा-बेनी सडक बन्द भएको समयमा बागलुङ-रत्नेचौर-बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ ।
सडक निर्माणको जिम्मा लिएको एपेक्स-खड्का कृष्ण जेभीका प्रतिनिधि दलबहादुर खड्काले मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणलाई तीव्रता दिएको बताए ।
कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गादेखि जलजला गाउँपालिका वडा नं ८ नाग्लीबाङको खनियाघाटसम्म बेस हाल्ने काम सकिएर प्राइम कोर्ट गर्ने तयारी गरिएको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution