आज विश्व शौचालय दिवस मनाइँदै

  • पोखरा न्यूज
  • २०८१ मंसिर ४
आज विश्व शौचालय दिवस मनाइँदै

पोखरा । आज विश्व शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

यस वर्ष पनि नेपालसहित विश्वभर ‘शौचालय, शान्तिको लागि ठाउँ’ भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।

राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।

त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाई्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।

अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ ।

संसारका करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस