पोखरा । नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली र भारतको कर्नाटक यू-१९ टोली बीचको चौथो अध्यास खेल शुरु भएको छ ।
काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ शुरु गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले पराजित भएको थियो । यस्तै नेपाल दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २–१ को अग्रता बनाएर खेलिरहेको छ ।
आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल एक सय २१ रनले विजयी भएको थियो ।
नेपालले आजको खेल जितेमा श्रृङ्खला नै जित्नेछ । अन्तिम खेल बिहीबार हुनेछ ।
यही नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म यूएईमा हुने एसीसी यू–१९ एसिया कपको तयारीका लागि नेपालले एकदिवसीय अभ्यास सिरिज खेलेको हो । क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेर अभ्यास शुरु गरेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution