
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा बराह एजुकेशन कन्सल्टेन्सी शुभारम्भ भएको छ । कन्सल्टेन्सी सञ्चालन सन्तोष कुइँकेलकी ममतामयी आमा विष्णुमाया कुइँकेलले व्यवसाय शुभारम्भ गरिन् ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको बताए ।
सो अवसरमा रुपाकोट सुन चाँदी पसलका संचालक दशरथ सुनार, नगेन आर्ट एकेडेमीका नगेन सिंह ठकुरी, पोखरा बस व्यवसायी समिति अध्यक्ष देवी कुइँकेल, लायन्स क्लब .३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइरालालगायतले बोलेका थिए ।
सञ्चालक सन्तोष कुइँकेलको अध्यक्षतामा भएको कार्यक्रममा वुद्धिराज भट्टराईले स्वागत र सञ्चालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नवीन श्रेष्ठले गरेका थिए ।





