पोखरा । पोखरामा रसियन कम्युनिस्ट पार्टीका नेतालाई नेकपा एकीकृत समाजवादीका नेताहरुले स्वागत तथा साक्षात्कार गरेका छन् ।
पार्टीका केन्द्रीय सचिव श्रीनाथ बराल, पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका नेता तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य कृष्ण नेपाली, सीता पौडेल, रत्ना गुरुङ, शर्मिला पौडेल, जिल्ला अध्यक्ष खड्ग हमाललगायतले रसियन कम्युनिस्ट पार्टीका नेतालाई स्वागत गरेका हुन् ।
पोखरा भ्रमणका क्रममा रसियन नेताहरुले नेकपा एकीकृत समाजवादी कास्की जिल्ला कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाएका हुन् ।
सो अवसरमा एक अर्काका अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष मालिन्कोविचको टोलीमा रसिया ब्रायन्स्क क्षेत्र प्रमुख एलेना डेगटियारेवा र पार्टी नेता एन्ड्राइ इस्तुपीन पनि सहभागी थिए ।
रसियन कम्युनिस्ट पार्टीका अध्यक्ष सर्गेई मालिन्कोविचले नेकपा एकीकृत समाजवादीका नेता तुलबहादुर गुरुङलाई अन्तर्राष्ट्रिय मेडल प्रदान गरे ।
रुसी अक्टोबर समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनको तस्बिर अङ्कित उक्त मेडल रसियन कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलनमा योगदान पुर्याएका कम्युनिस्ट नेतालाई प्रदान गर्ने गरिन्छ ।
संविधानसभा सदस्य, पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता गुरुङलाई मेडल प्रदान गर्दै अध्यक्ष मालिन्कोविचले विश्वभर कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै अघि बढाउनुपर्नेमा जोड दिए ।
नेकपा एकीकृत समाजवादीको निमन्त्रणामा नेपाल आएका अध्यक्ष मालिन्कोविचले पोखराको भ्रमण हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution