पोखरा । मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।
चालिस वर्ष उमेर पुगेकालाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोस्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए ।
भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद एक हजार पाँच सय र ट्रफी र बेष्ट गोलरक्षकलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता शुल्क पाँच हजार पाँच सय रहेको र आगामी मंसिर ५ गते बेलुका ५ बजेसम्म टीम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिता रानीपौवा स्पोर्टस् सेन्टरमा हुने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution