उपनिर्वाचन : आज उम्मेद्वारले चुनाव चिह्न पाउने

  • पोखरा न्यूज
  • २०८१ मंसिर ५
उपनिर्वाचन : आज उम्मेद्वारले चुनाव चिह्न पाउने

पाेखरा। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेद्वारले चुनाव चिह्न पाउँदैछन् । आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेद्वारलाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयाेगले जनाएकाे छ ।

आयाेगका अनुसार आजै उम्मेद्वारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ ।

आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने बताइन्छ ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेद्वारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उम्मेद्वारी परेको आयाेगले जनाएकाे छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस