आज पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर ५
आज पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज बुधबार पनि बढेको छ ।

आज नौ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन मंगलबार तोलामा एक लाख ६२ हजार एक रुपैयाँ कायम भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ ।

आज तोलामा एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय ५५ रुपैयाँ रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस