पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।
बैठकले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । जसमा बृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी छन् ।
यस्तै भरतप्रसाद तिवारी, भरत थापा, डिल्लीराम भट्टराईलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएको बताइएको छ ।
बैठकले पार्टीका क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गर्ने निर्णयसमेत गरेको छ। पार्टीका सहसचिव शंकर ढुंगाना संयोजक, रामजीप्रसाद कोइराला र सुरेन्द्र अधिकारी सदस्य रहेको समितिले पार्टीको लेवी व्यवस्थापन गर्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution