आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

बुधबार तोलाको एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज एक लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार नौ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button