कास्की र मनाङको सीमाना केन्द्रविन्दु बनाएर गयाे भूकम्प

  • पोखरा न्यूज
  • २०८१ मंसिर ६
कास्की र मनाङको सीमाना केन्द्रविन्दु बनाएर गयाे भूकम्प

| प्रतीकात्मक तस्बिर

पाेखरा। कास्कीकाे अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का कास्की, स्यांजा, पर्वत, बागलुंग, म्याग्दी, मुस्तांग, तनहुँ, गोरखा लमजुंगका साथै नवलपुरसम्म पुगेको बताइएको छ ।

यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस